ठाकुरबाबा माघि मेलामा हतियारले हानेर २ जना घाइते

.

बर्दिया —ठाकुरबाबा नगरपालिका–९ स्थित मेला गएका दुई युवालाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएका छन् । ठाकुरबाबा मन्दिरनजिक रहेको टाइगर चोकमा सोमबार राति करिब १२ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

धारिलो हतियारबाट गेरुवा गाउँपालिका–५ का करिब २० वर्षका नवीन थारु र साजन थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्ती मगरले जनाए ।

घाइते दुवैको बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । धारिलो हतियार कसले किन प्रयोग गर्‍यो अनुसन्धान भइरहेको डीएसपी घर्ती मगरले जनाए । ईकान्तिपुर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु