नेपालगञ्जबाट हुने हवाई उडानहरू अवरुद्ध

सुनिल रेग्मी/नेपालगन्ज 

नेपालगञ्जबाट मङ्गलबारका लागि तय गरेका सबै उडानहरू अवरुद्ध भएका छन्। तराईमा चलेको बाक्लो शीतलहर तथा कुहिरोका कारण आज मङ्गलबार हुने हवाई उडानहरू सबै अवरुद्ध भएको नेपाल नागरिक उडयन प्राधिकरणले जनाएको छ।

Advertisement

नेपालगञ्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार बुद्ध एयरलाइन्सले चार यति एयरलाइन्सले दुईवटा फ्लाइट नियमित उडान गर्ने गर्दथ्यो। भिजिलेबिटी कम भएका कारण उडान अवरुद्ध भएको हो। मङ्गलबार पहाडी जिल्लामा हुने उडानहरू पनि अवरुद्ध भएका छन्। नेपालगञ्ज विमानस्थलबाट पोखराका लागि आइतबार बुधबार शुक्रबार गरी तीनवटा फ्लाइट हुने गर्दथ्यो।

मङ्गलबार उडान अवरुद्ध हुँदा यहाँका ट्राभल्स व्यवसायीहरूलाई निकै मर्का परेको आरएस ट्राभल्सका सञ्चालक रवि गिरीले बताउनुभएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु