नेपालगन्ज । बाँकेको राप्ती सोनारि गाउँपालिकामा यो साता भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
Advertisement
।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार साँझ राप्तीसोनारी–७ फत्तेपुर सर्रामा नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुई जनाको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र सोही मोटरसाइकलमा पछाडि सवार सोही स्थानकै २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसअघि दुई दिन पहिले पनि बाँकेको कुसुमनजिक ट्याङ्कर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार कैलालीका दुई जनाको मृत्यु भएको थियो ।









