काठमाडौं- सोलुखुम्बु,नेचासल्यान गाउँपालिका-३ गैरीस्थित मुक्ति बास्तोलाको घरमा सोही गाउँपालिका-३ बस्ने रमेश बास्तोलाले संचालन गरेको होटलमा विद्युत सर्ट भई बुधबार साँझ आगलागीहुँदा घर, घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, अन्नपात, सुनको गरगहना लगायत अन्य सरसामान पूर्णरूपमा जलेर करिब २३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
संखुवासभा,सभापोखरी गाउँपालिका-६ बाह्रबिसे बजारबस्ने शुशिल तामाङको २ वटा घर र सोही ठाउँ बस्ने अन्य ३ जनाको ३ वटा घर गरी जम्मा ५ वटा घरमा बुधबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन।
Advertisement
खोटाङ, बराहपोखरी गाउँपालिका-५ मौवाबोटे बस्ने ८१ वर्षीय पदम बहादुर राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा नगद, सुनको गरगहाना, अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत गरी करिब ८ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्वत, कुश्मा नगरपालिका-४ जिरो किमिस्थित हरी श्रेष्ठको कालिका कपास फ्याक्ट्रीमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा फ्याक्ट्री पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
मोरङ,सुन्दरहरैंचा नगरपालिका-९ झरनापुलस्थित टप क्वालिटी पार्ट्स सेन्टर ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा को.१ च६६१० नम्बरको कारमा ब्याट्रीको तार सर्ट भई बुधबार राति आगलागी हुँदा कार पूर्णरूपमा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।









