सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं-चितवन,भरतपुर महानगरपालिका-४ अध्यचोकस्थित सडकमा ना.५ च ९४८ नम्बरको बोलेरो र ना.४९ प२९३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु,वाणगंगा नगरपालिका-११ देउपारस्थित सडकमा युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकल र लु.१० प४४९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकल चालक शुद्धोधन

Advertisement

गाउँपालिका-१ बस्ने ३५ वर्षीय नेहामन अली र लु.१० प४४९६ नम्बरको मोटरसाइकल चालक रूपन्देही सैनामैना नगरपालिका-४ बस्ने २७ वर्षीय रोमन थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेहमानको मेडिकल कलेज भैरहवा रूपन्देहीमा र रोमनको लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दर्घटनामा घाइते भएका लु.१० प४४९६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको युनाईटेड अस्पताल ठाकुरापुरमाउपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु