इँटा उद्योगमा कुटपिटबाट मजदुरको मृत्यु

 

लुम्बिनी।प्रहरीका अनुसार रुपन्देही जिल्लाको सियारी गाउँपालिका–७, हीरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवट रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उद्योगको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु