काठमाडौं,- मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ उत्तरपानी बस्ने ६४ वर्षीया कृष्णमाया थिङको घरमा बिहीबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, मेचीनगर नगरपालिका-१२ माइलाबारी टोलस्थित सोही नगरपालिका-१३ बस्ने प्रदिप लिम्बुको होटल लिटल सेफ फास्ट फुड क्याफेमा इनभर्टरको तार सर्ट भई गए राति आगलागी हुँदा नगद तथा फर्निचर लगायतका विभिन्न सामानहरू जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट









