जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनकुटा, ४ माघ- १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका-५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु