४ माघ , बढैयाताल बर्दियाको बढैयातलमा दोश्रो u-18 बिद्यालय स्तरीय फुटवल प्रतियोगिता २०८१ शुरू भएकाे छ । शुक्रवार भएकाे उद्घाटन खेलमा ज्ञान ज्योति मा.बि विजयी भएको छ ।
Advertisement

प्रतियोगिताको उद्धघाटन खेलमा प्रतिस्पर्धी भगवती सस्कृत तथा साधरण मा.बि.बढैयाताल ८ तिलकाना लाई ४ –० शुन्य गोल अन्तरले हराउदै ज्ञान ज्योति मा.बि बढैयाताल ४ छत्र नगर विजयी भएको हो ।

उद्धघाटन कार्यक्रमकी प्रमुख अथिति संघिय सांसद जुबिदा खातुनले ट्रफ्री अनावरण र मुख्य रेफ्रि मनिष खड्का लाई बल हस्तान्तरण गेरेर प्रतियोगिताको उद्धघाटन गरेकी हुन । सांसद खातुनले प्रतियोगिताको आयोजना गरेकोमा आयोजक लाई प्रशंसा गर्दै खेल मैदान र खेलाडीको स्तरोन्नति को लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छन् ।

यूवा नै हो देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ मयुर यूवा क्लबको खेल मैदानमा शुक्रवार भएको उद्धघाटन कार्यक्रमका बिशिष्ठ अतिथि तथा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले खेलका माध्ययम वाट राष्ट्रिको पहिचान बनाउने भएकोले खेलाडी लाई खेल प्रति उत्प्रेरणा बढाउन तिनै तहका सरकारको ध्यान जानु पर्नेमा जोड दिइन ।

मयुर युवा क्लबका अध्यक्ष इश्वर रानाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा बढैयाताल गाउँपालिका ८ न. वडाका अध्यक्ष तेजनाथ पौडेलले स्वागत मन्तब्य राख्दै प्रतियोगिता लाई सभ्य र भब्य रुपमा सफल पार्न सबैको जिम्मेवारी भएको बताए । खेलका संरचना, खेल मैदानका पुर्वाधार, खेल सामाग्रीका साथै खेलमा देखिएका पछिल्लो प्रबिधिहरु लाई जबसम्म भित्र्याउन सक्दैनौ र त्यस लाई बुझ्दौनौ तब सम्म खेलको साँचो अर्थमा विकास नहुने भन्दै तिनै तहका सरकार , एन्फा र सरोकार वाला निकायको ध्यान जानु पर्नेमा वडाध्यक्ष पौडेलले जोड दिए ।
स्थानिय खेलाडीहरु लाई खेल प्रति प्रोत्साहित गर्दै नयाँ प्रतिभावान खेलाडीको पहिचान , अन्तर कप बिद्यालय स्तरी समन्वय सहकार्य मित्रता र सद्भाबको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बढैयातालका १० वटा बिद्यालयले भाग लिएका छन् भने प्रतियोगिता माघ १० गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
बढैयाताल गाउँपालिका ८ नम्बर वडा कार्यालयको सहकार्यमा सञ्चालन भएको प्रतियोगितामा बिजेता हुनेले रु २५ हजार ५५५ र, उप विजेता हुनेले रु १५ हजार ५५५, ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने बिदागत रुपमा उत्कृष्ठ हुने खेलाडी लाई समेत नगत तथा पुरस्कारको समेत ब्यबस्था रहेको आयोजक क्लबका बिबेश गुरुङ्गले जानकारी दिए ।
प्रतियोगिताको दोश्रो दिनको पहिलो खेल दिप ज्योति मा.बि डाँफे र मा.बि. जनप्रिय मा.बि फुटाह बिचमा र दोश्रो खेल बिद्याज्योति मा.बि.कण्ठपुर र सारदा मा.बि. मैनापाेखर बिच प्रतिस्पर्धात्मक खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।









