मालपोत कार्यालय बर्दियाः सेवाग्राहीसंग पाईलापिच्छे ‘रकम माग’

बर्दिया । भुमि सुधार तथा मालपोत कार्यालय बर्दियामा सेवाग्राहीहरुसंग खुलेआम रकम माग्ने र लिने गरेको जनगुनासो बढ्दो छ । यहाँसम्मकी कार्यालयमा समान्य कामका लागि पनि लेनदेन चल्ने गरेको छ । सेवाग्राहीहरु छिटो काम गराउने भन्दै बाध्यताले रकम बुझाउनु परेको गुनासो गर्दै आएका छन् ।

द्धन्द्धकालमा जलेको श्रेष्ता कायम, सुकुम्बासी भूमिहिन र मुक्त कमैया जग्गा सम्बन्धि काममा १० देखि २५ हजारसम्म घुँस दिनु परेको सेवाग्राही बताउँछन ।

Advertisement

श्रेष्ता जलीमा सार्जमिन गर्नुपर्ने, फिल्डमा जग्गा भएनभएको स्थलगत अध्ययनका नाममा रकम असुली हुने गरेको छ । एक दिनमा लाखौँ रुपैया लेनदेन हुने गरेको छ ।

जग्गा रोक्का, राजिनामा, अंशवण्डा, बकस पत्र, दृष्टि बन्धक, फुकुवा र नामसारी लगायतका लिखत पास गर्दा फाँटैपिच्छे रकम लिने गरिएको हो ।

लिखत पास भइसकेपछि लालपुर्जा बनाउँने काममा समेत रकम माग्ने गरिएको सेवाग्राहीहरुको गुनासो छ । सेवाग्राहीहरुले कर्मचारीहरुले रकम माग र कर्मचारीहरुले काम नगरिदिने गुनासो बारे भुमि सुधार तथा मालपोत कार्यालयका प्रमुख बालकृष्ण रानालाई जानकारी गराउँदा सुनवाई नहुने गरेको उनीहरुको भनाई छ ।

.
‘मालपोतमा कामले छिर्यो कि हरेक कदममा पैसा मागिन्छ । हकीमसंग त्यसबारे जानकारी गराउँदा सम्बन्धि फाँटमा मिलाउनुस भन्ने जवाफ हुन्छ । यसले हकीमको पनि मिलोमतो छ भन्ने पुष्टि हुन्छ ’अधिकांश सेवाग्राहीको गुनासो छ ।

 

मालपोत कार्यालयमा हरेक काम अनलाईन हुने गरेको छ । तीन पुस्ते, नागरिकता नम्बर, थर उल्लेख नभएका लालपुर्जा संशोधनका लागि समेत रकम बुझाउनु परेको छ । लेनदेनका लागि बदनाम मालपोत कार्यालयमा लेनदेनको कारोबार बद्दै गएपछि सेवाग्राहीहरुसंगको दुरी बढ्दै गएको छ ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु