काठमाडौं,- चितवन,भरतपुर महानगरपालिका-९ हाकिमचोक बस्ने बाबुराम कंडेलको घरमा विद्युत सर्ट भई गए राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
बाँके,नेपालगंज उपमहानगरपालिका-२ स्थितसोही उपमहानगरपालिका-४ गणेशुर बस्ने पवन गुप्ताको शाह फर्निसिङ फाईबर सिरक फ्याक्ट्रीमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा मेसिन, सिरक र डस्ना लगायतका सामानहरू जलेर नष्ट भएकोछ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
Advertisement
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।









