फाईल तस्बिर ।
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी पोथी गैंडा मृत फेला परेको छ । उक्त गैंडा बर्दिया निकुञ्जबाट निस्किएर सामुदायिक वनमा पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
निकुञ्जका अनुसार निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारी रहेको उक्त सामुदायिक वनमा करिब १९।२० वर्षको पोथी गैंडा मृत फेला हो ।
Advertisement
मृत्यु भएको पोथी गैंडासँग केटा (बच्चा) समेत रहेको छ । दुबर्दिया निकुञ्जबाट चिकित्सकसहित सुरक्षा टोली घटनास्थलतर्फ बिहान प्रस्थान गरेको छ । मृत गैंडाको पोष्टमार्टम त्यहीँ गरिने निकुञ्ज प्रशासनले जनाएको छ ।









