भत्किएको सात बर्षपछि  जब्दीघाटको बबईमा पुल निर्माणका लागि बजेट 

 

बर्दिया — हस्तान्तरण नहुँदै भत्किएपछि सात बर्षदेखि चर्चामा रहेको गुलरिया बारबर्दिया जोडने जब्दि घाटको बबईमा नयाँ पुल निर्माणका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चिता गरेको छ । यसले पुल निर्माण हुने आश सर्बसाधारणमा आश जागेको छ ।

Advertisement

अर्थले निर्माणका लागि १ अर्ब १ करोड बजेत सुनिश्चित गरेको हो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल ०७४ साल साउन २८ गते भत्किएको पुल भन्द उत्तर करिब ५ सय मिटर दूरीमा नयाँ बन्ने छ । त्यस्तै पुल तीन वर्षभित्र सम्पन्न हुने बताईएको छ । पुलको लम्बाइ ४ सय मिटर लामो हुने छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सोमबार भत्किएको पुल अनुगमन गरेका छन ।

डिभिजन सडक कार्यालयले बर्दियाको जब्दीघाटस्थित बबई नदीमा निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै भासिएको करिब ५ वर्षपछि ठेक्का तोडेको थियो ।

०६८ सालमा पप्पु कन्स्ट्रक्सनले अघि निर्माण सुरु गरेको उक्त पुल १६ करोड ६८ लाखको लागतमा ०७४ सालमा सम्पन्न गरेको थियो ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु