आशा लघुबित्त बितिय संस्था गुलारिया शाखाले आप्mनो संस्थाको मृतक सदस्याको परिवारलाई बिमा सुबिधा बापत्को ८ लाख ३ हजार ३ सय १५ रकम प्रदान गरेको छ । मंगलबार संस्थाका शाखा प्रबन्धक तेज राज न्यौपाने, लेखापाल नबिना गुरुङ बिसी, बित्तिय कनिष्ठ सहायक निर्माला बुढा र सदस्याहरुको रोहवरमा संस्थाका सदस्य मृतक बारबर्दिया नगरपालिका ५ का मिना कुमारी चौधरीको श्रीमान बाल किसुन थारुलाई रकम हस्तारण गरेकाछन् । मृतक मिना चौधरीले एक बर्ष अगाडी २ लाख ५० हजार संस्थाबाट ऋण लिएकी थिइन् । उहाँको मृत्यु पश्चात साँवा र व्याज सहित २ लाख ९९ हजार पुगेको थियो । उक्त ऋण मिनाहा गरी बिमा सुबिधा बापत्को रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको संस्थाका शाखा प्रबन्धक न्यौपानेले बताए ।
आशा लघुबित्तले संस्था अन्र्तगत सदस्यहरुले ऋण लिदां अनिवार्य ऋणको बिमा गदै आएको शाखा प्रबन्धक तेज राज न्यौपानेले बताए । उनले भने, ऋण लिदां त्यसको अनिवार्य बिमा गरिन्छ । बिचमा कुनै दर्घटना भयो भने लिएको ऋण सबै मिनहा गरी बिमा सुबिधा बापत्को रकम पनि हस्तान्तरण गर्दै आएका छौ । कुनै पनि प्रकारको दुर्घटनामा संस्थाका सदस्याहरुको तिर्न बाँकी ऋण मिनहा गरी बिमा सुबिधा बापत् रकम प्रदान गर्दा धेरै रहात पुग्ने गरेको उनले बताए ।
आशा लघुबित्तले मृतक सदस्यका परिवारलाई हस्तान्तरण ग¥यो बिमा सुबिधा बापत् को रकम
