काठमाडौं / सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको प्र.-३-०१-००१ग ३७०५ नं.को ७.५ टन ट्रकले बा.प्र -०२ -०१८ प ९२७७ नं.को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक काठमाडौं महानगर-१३ ताहाचल बस्ने ३२ वर्षीया आकृती शर्माको मृत्यु भएको छ।
बिहीबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ७.५ टन ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो।
Advertisement
ठक्करपछि घाइते भएकी उनको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो।
त्यहाँ उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।








