संसदका ४ समितिको बैठक बस्दैँ

 

काठमाडौं । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन ।

Advertisement

 

जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपालमा हिउँदको समयमा  हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल गरिने भएको छ ।

पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल गरिने समितिले जनाएको छ । जसअनुसार सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

 

उता, सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

 

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

a

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु