काठमाडौं । हुस्सु र कुहिरोका कारण आज बुधबार नेपालगन्जलगायत तराईका तीन विमानस्थलमा सबै उडान रद्द भएका छन् ।
Advertisement
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज, सिमरा, धनगढीका सबै उडान रद्द भएका हुन् ।
तराईमा बाक्लो हुस्सुका कारण उडान निरन्तर प्रभावित बनिरहेको छ । काठमाडौंमा भने मौसम सफा रहेका कारण उडान/अवतरण सामान्य छ ।









