पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच. पि.भी. खोपको तयारी तिब्र पार्दै बढैयाताल ः करिब २५ सय लाभान्वित हुने

 

११ माघ , बढैयाताल गाउँ पालकिाले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच. पि.भी.खोपको तयारी तिब्र तयारी तिब्र पारेको छ ।

Advertisement

स्वास्थ्य शाखा बढैयाताल गाउँपालिकाले सवै वडाहरुमा सरोकारवाला संग अन्तरक्रिया गर्दै ्राष्ट्रिय अभियानको एच. पि.भी. खोप अभियान लाई तिब्र पारेको छ भने उक्त खोप बाट करिब २५ सय जना लाभान्वित हुने जनाएको छ ।

१० वर्ष देखि १४ वर्ष उमेर समुहका ६ कक्षा देखि १० कक्षमा अध्ययन गर्ने छात्रा एवं किशारीहरु लाई पाठेघरको मुखको क्यान्सर वाट बच्नका लागि दिने एच. पि.भी. खोप अभियानको तयारीका लागि बढैयातालमा पनि बिभिन्न कार्यक्रम गरिएको छ । पहिलो चरणमा वडा स्तरमा , दोश्रो चरणमा स्वास्थ स्वयं सेबिका संग र तेश्रो चरणमा पालिका स्तरमा अन्तरक्रिया र माघ २२ गते देखि खोप सञ्चालन गरिने जनाएको छ ।

अभियानको पहिलो चरणमा माघ १० गते वडा नम्बर ७, ८ ,९ माघ ११ गते ४,५,६ र माघ १२ गते १,२,र ३ मा सरोकार वाला वीच अन्तरक्रिया तथा अभिमुखिकरण दोश्रो चरणमा महिला स्वास्थ स्वम् सेबिका लाई अभिमुखिकरण र तेश्रो चरणमा माघ २० गते पालिका स्तरमा अन्तरक्रिया गर्दै अभियान लाई सफल पार्न तयारी लाई तिब्र पारिएको स्वास्थ शाखा बढैयातालका प्रमुख बिष्णु पौडेलले जनाकारी दिनु भयो

यहि माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन हुने राष्ट्रिय खोप वाट बढैयातालका बिद्यालयमा अध्ययनरत छात्रा २ हजार ३०४ जना र बिद्यालय भन्दा बाहिरका १८० जना किशोरी गरि जम्मा २ हजार ४८४ जना किशोरी लाभान्वित हुने स्वास्थ्य शाखा बढैयातालका रमेश पौडेलले जनाउनु भएको छ ।

कालिका स्वास्थ्य केन्द्र बढैयाताल ८ मा बिहिवार स्थानिय जन प्रतिनिधि , खोप समन्वय समितिका पदाधिकारी , सञ्चारकर्मी र अन्य सरोकारवाला वीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा लाभान्वित हुने संख्या र खोप तालिकाको बारेमा जानकारी गराइएको हो ।
बढैयाताल गाउँपालिका वडा नं ८ अन्तरगत भगवती सस्कृत मा.बि. तिलकानामा माघ २२ गते , बर्दिया एकेडेमीमा माघ २२ गते , बिद्या ज्योतिमा माघ २३ गते, शुभकामना एकेडेमीमा माघ २४ गते , ने.रा. आ.बि. मयुरबस्तीमा माघ २४ गते , मुक्त कमैया आ.बि.जनतानगरमा माघ २२ गते र जयकालिका मा.बि. मुनालबस्तीमा माघ २३ गते हुने र छुटेकाहरुको लागि नजिकैको स्वास्थ्य केन्द्रमा माघ २४ र २५ गते खोप तालिका रहेको स्वास्थ्य शाखा बढैयातालले जनाएको छ ।

बढैयाताल गाउँपालिकाको आयोजनामा तथा वडा नं ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका प्रमुख बिष्णु पौडेल र रमेश पौडेलले सहजिकरण गर्नु भएको उक्त कार्यक्रममा बिद्यालयका शिक्षक , जनप्रतिनिधी , स्वास्थ्य कर्मी , पत्रकार ,स्थानिय सरोकार लगाएत २० जनाको सहभागिता रहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु