बाँके राष्ट्रिय निकुञ्जमा भेटियो मृत पाटेबाघ

बर्दिया । राप्ति सोनारि गाउँपालिकाको सामुदायिक बनमा बाघको आक्रमणमा एक महिलाको ज्यान गएको खबर आएको अर्को दिन बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत भेटिएको छ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टास्थित निकुञ्जको कोर एरियामा शुक्रबार बिहान मृत अवस्थामा पाटेबाघ भेटिएको निकुञ्जले जनाएको छ।

Advertisement

बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीका अनुसार निकुञ्जको टोली गस्तीमा जाने क्रममा उक्त स्थानमा मृत अवस्थामा पाटेबाघ भेटिएको हो ।

बाघ अन्दाजी १२/१३ वर्ष पुगेको रआफ्नै कालगतीले मरेको जस्तो देखिएको अनुमान गरिएको छ ।

मृत बाघको पछिल्लोतिरको केही भाग अन्य जनावरले खाएको छ ।

 

बर्दिया राष्ट्रिय निकुञ्जबाट भेटेनरी डाक्टरलाई बोलाएर बाघको पोष्र्टमाटम गर्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु