लागूऔषधसहित दुई जना पक्राउ

 

पाल्पा — पाल्पामा बाराको फेटा गाउँपालिका–२, घर भई हाल कास्कीको पोखरा महानगरपालिका–४, मा बस्दै आएका २५ वर्षीय सोहन हुसेन र स्याङ्जाको पुतलीबजार नगरपालिका–५, घर भई हाल पोखरा महानगरपालिका–२, बस्दै आएका ३१ वर्षीय किशोर विश्वकर्मा लागूऔषधसहित पक्राउ परेका छ्न ।

Advertisement

सिद्धार्थ राजमार्ग अन्तर्गत बर्तुङ्ग–राम्दी सडक खण्ड अन्तरगत बगनासकाली गाउँपालिका–५, राम्दीमा चेकजाँच गर्ने क्रममा सुनौलीबाट पोखरा हुँदै बेनीतर्फ जाँदै गरेको यात्रुबाहक बसमा लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जाँचको क्रममा सोहन हुसेनले हातमा लिएको जेब्रा झोलाभित्र प्लास्टिकमा पोको पारी राखेको अवस्थामा लागूऔषध डाईजेपाम १२१ एम्पुल, फेनारगन १२४ एम्पुल, आईपीपीएल १२१ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु