नेपालगन्ज। चिसोका कारण बालबालिकाहरु विरामी पर्न थालेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरुलाई फेरी तीन दिनका लागि जाडो बिदा दिएको छ । कोहलपुर नगरपालिकाका उपसचिव राम बहादुर हमालका अनुसार आइतवार माघ १३ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयहरुमा जाडो बिदा दिएको बताए ।
तराईमा दैनिक बिहान हुस्सु कुहिरो लाग्ने क्रम जारी छ । यसअघि पनि शीतलहर र चिसो बढ्दा गत पुस २६ गतेदेखि २९ गतेसम्म चार दिनका लागि कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको थियो ।
आइतबारबाट नेपालगन्ज र खजुराका विद्यालयलाई भने सुचारु गरिएको छ ।
Advertisement
बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बिद्यालयमा बिदा दिइएको कोहलपुर नगरपालिकाले जनाएको छ । चिसो अत्यधिक बढ्दा केही दिनयता यहाँका सबै पालिकाको जनजीवन अतिनै कष्टकर बन्दै गएको छ ।









