बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा न ३ खुरखुरे फाँटा बनदेबि नजिक बाघले ४ बर्सिया साहिल सुनारलाई आक्रमण गरि घाईते बनाएको छ । घाइते बालकको उपचार मेडिकल कलेज नेपालगन्जमा भैरहेको छ ।
शुक्रबार साँझ ६.३० बजे घर नजिकै रहेको मामाको घरबाट तरकारी लिएर घर फर्किने क्रममा बाघले झम्टेर १०/१५ मिटर परा लगेको थियो ।
Advertisement
घर नजिकै धारामा रहेका स्थानीयले देखेपछि हल्ला गर्दा बाघ भगेको स्थानीय कृष्ण गोपाल चौधरीले बताए । गाउँमा आएर बाघले आक्रमण गरेपछि स्थानीय त्रसित बनेका छ्न ।









