
बढैयाताल माघ महोत्सवको व्यपाक तयारी, उद्घाटन राज्य मन्त्री चौधरीले गर्ने
Advertisement
थारु कल्याणारिणी सभा बढैयाताल बर्दियाले आयोजनामा हुन लागेको थारु साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सवको तयारी बारे आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
“राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, साहित्य, कला, साँस्कृती बचैना हमार अभियान” भन्ने मुल नाराका साथ पहिलो पटक आयोजना गर्न लागेको महोत्सवको माघ १५ गते हुने समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि संस्कृति प्रर्यटन तथा नागरिक उड्यन मन्त्री माननिय अरुण चौधरीले गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । महोत्सव उद्घाटन समारोहलाई भब्य बनाउनका लागि गाउँ गाउँबाट मौलिक साँस्कृतिक भेषभुषा झल्कने बाजागाजा झाँकी सहितको ¥याली निकाल्ने महोत्सव मुल समितिका संयोजक शंकर प्रसाद थारु ले बताए । थारु भाषा, साहित्य, कला, साँस्कृती संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको संयोजक थारु (शेखर) ले बताए ।
मिति २०८१ माघ १५ गतेबाट २५ गतेसम्म हुने महोत्सवमा थारु भाषा सांस्कृति, संरक्षण, झाँकी, थारु रैथाने परिकार र खानपिनको प्रचार प्रसार तथा प्रर्बद्धन (सिन्की, डोक्नीको चट्नी, ढिक्री, अन्दी चामलको जाँड, अन्दीक बरिया, घोँघीका परिकार, गेग्टा, मुसा लगायतका परिकार, थारु जातीले बनाउने दारुको ब्राण्ङ्गिमा सहयोग पुरयाउने खालका प्रदर्शनी गरिन्छ ।
साथै व्यवसायीकरण तथा जगेर्ना गरी नयाँ पुस्तालाई हस्तन्तरण गर्ने उद्देश्य राखिएको संयोजकले बताए ।
महोत्सवमा थारु थारु जातिको जन्म देखि मृत्यु सम्मको संस्कार संस्कृति झल्किने थारु संग्राहलय प्रदर्शनी तथा अवलोकन गर्न सकिने थारु संग्रहलय व्यवस्थापन समितिका संयोजक बिमल चौधरीले बताए । दश दिनसम्म चल्ने महोत्सवमा थारु समुदायमा लोप भईसकेका थारु पौराणिक नाच, गीतको प्रतियोगिता समेत आयोजना गरिएको छ । पौराणिक नाच, गित प्रतियोगिताका लागि गाउँ गाउँबाट झाँकी दर्ता भैरहेको झाँकी व्यस्थापन समितिका संयोजक कमलेस थारुले जानए ।
महोत्सवले थारु रैथाने तरकारीको बीउ राख्ने चलन प्रदर्शनी समेत आयोजना गरेको छ । प्रदर्शनीमा । ( गोबरमा बीउ राख्ने, परालमा आलुको बीउ राख्ने परम्परागत तरिका, माटोभित्र बेसार, भन्टा सुुकाएर बीउ निकाल्ने परम्परागत बिधि, थारु आलुको बीउ प्रदर्शनी गरिन्छ ।
थारु समुदायको पराम्परागत लोकल परिकार सिन्की बनाउने तरिका, विभिन्न परिकारका आँचार बनाउने बिधिको प्रबर्दनी गरिन्छ । लोप हुदै गएको रैथाने अन्नबालीको बिउ प्रदर्शनी गर्ने, बिउबिजन संरक्षण तथा भण्डारण गर्न सचेतना पैmलाइने उद्देश्य समेत राखिएको आयोजकले जनाएको छ । घट्दै गएको रैथाने अन्नबालीको उत्पादन तथा बजारीकरणमा समेत टेवा पु¥याउने बिश्वास लिइएको छ । पराम्परागत रुपमा आलु मुला, लौका, भान्टा, फर्सी, खुर्सानी, बेसार, गहँु बिउ भण्डारण गर्ने बिधिबारे प्रदर्शनी मार्पmत जानकारी गराइने मुल समितिका संयोजक चौधरीले बताए । गाउँ गाउँबाट थारु बाल कलाकारहरु खोज्नका लागि थारु डान्स आइडल प्रतियोगिता आयोजना गरिएको छ ।
बर्दियाको प्रमुख चिनारीको रुपमा रहेको बढैयातालको प्रचार प्रसार गर्ने तथा प्राकृतिक बहुमुल्य जडीबुटी (गेजरा, सेल्की, भँसेर, कमालको फल (कलगट्टा) करमुवा सागको पहिचान गरी व्यवसायिक बनाउने उद्देश्य राखिएको छ । बढैयातालमा करिव ३५ प्रजातीका चराहरुको बासस्थान रहेकोले उनीहरुको प्रजनन स्थानको संरक्षण, बासस्थानको संरक्षण गर्न सहयोग पुर्याउने र चराहरुको महत्व बारे स्थानीयहरुलाई सचेन गराउन पहल गरिने छ । संकटमा पर्दै गएका जलचार जीव.जस्तैः कछुवा, अन्ध्रा, झिंगा लगायतको संरक्षणमा सुहयोग पुग्ने छ ।
संसरभरी नै दुलर्र्भ बन्दै गएको सारस यस क्षेत्रको बढैयातालमा पाईन्छन् । ती चराको संरक्षणका लागि स्थानीयलाई सचेतना जगाउने तथा जानकारीमा गराईने उद्देश्य समेत राखिएको छ ।
स्थानीय तहका कृषि तथा जडीवुटीका उत्पादनलाई प्रदर्शनी गराई स्थानीय तहको कृषि विकासमा टेवा पु¥याउने उद्देश्य राखिएको छ । बढैयातालमा पाइने करिव ३५ प्रजातीका चराहरुको बासस्थान संरक्षणमा टेवा पु¥याउने उद्देश्य राखिएको छ । संसरभरी नै दुलर्र्भ बन्दै गएको सारस चराको संरक्षणका लागि स्थानीयलाई सचेतना पैmलाउने उद्देश्य राखिएको छ । महोत्सव अव कला र संस्कृति झल्काउने हुर्दुग्वा नाच, मघौटा नाच, सखिया नाच, झार्रा नाच, बर्का नाच लगायत् अन्य स्थानीय समुदायको कौरा, भ्mयाउरे, सोराठी लगायत्का पौराणिक नाचको प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यसका अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
साथै विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघसंस्थाका झाँकीहरु समेत महोत्सवमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।









