काठमाडौं- काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने रौतहट घर भएका २७ वर्षीय अमित कुमार शाह आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, बेनीघाट रोराङ्ग गाउँपालिका-२ देउराली बस्ने २२ वर्षीय विरमान चेपाङ सोही ठाउँस्थित खानिखोलाको खोचमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
सप्तरी, शम्भुनाथ नगरपालिका-४ सखुवा बस्ने ८७ वर्षीया कान्ता देवी देव आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
दैलेख, नारायण नगरपालिका-१० स्थित तीन खोलामा सोही नगरपालिका-७ किमुगाउँ बस्ने २२ वर्षीय गगन बहादुर खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, बेदकोट नगरपालिका-१० बडेलीखेडास्थित नहरको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









