शनिबार दिनभरि नेपालगन्जमा निषेधाज्ञा हटाईयो

नेपालगन्ज — नेपालगन्जमा शनिबार बिहान ६ देखि ९ बजेसम्म निषेधाज्ञासमेत हटाइएको छ । तर, शनिबारदेखि बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु रहने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सूचनामा शनिबार बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा भने कायम नै राखिएको छ । यसअघि बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा लगाउने गरिएको थियो ।

Advertisement

नेपालगन्जका चोकचोकमा प्रहरी तैनाथ छन् । गत मंगलबार प्रशासनले दिउँसो निषेधाज्ञा र रातिमा कर्फ्यु लगाउँदै आएको छ । नेपालगन्जमा दुई समुदायबीच तनाव सिर्जना भएपछि गत मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको हो ।

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु