हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले नेपाललाई कांस्य पदक दिलाएको हो । नेपाली टोलीलाई शनिवार पदक प्रदान गरिएको छ ।
भारत र चाइनिज ताइपेइबीचको फाइनल खेलपछि पदक वितरण समारोह आयोजना भएको थियो । फाइनलमा चाइनिज ताइपेइलाई रोमाञ्चक खेलमा २६-२५ ले हराउँदै भारतले स्वर्ण जित्यो । चाइनिज ताइपेइले रजत प्राप्त गर्दा सेमिफाइनलम पराजित नेपाल र इरानले कास्य पदक प्राप्त गरे ।
Advertisement
कबड्डीमा सेमिफाइनल पुगेको टिमले पदक पाउने प्रावधान रहेकोले नेपालले समिफाइनल प्रवेश गर्ने बित्तिकै पदक पक्का गरिसकेको थियो । सेमिफाइनलमा भारतसँग ६१-१७ ले पराजित भएपछि भने नेपाल कांस्यमै सिमित भएको हो ।
हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा पदक वितरण हुँदा नेपाली टोली खुशी थिए ।









