नेपालगञ्ज —बाँकेको कोहलपुरमा नगरपालिका-१२ का १४ वर्षीय बालक सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
Advertisement
घाँस काट्नका लागि कुसुमको रुखमा चढेका सन्दीपलाई विद्युतको हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बालक सन्दीपलाई कोहलपुर नगरपालिका-१२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा करेन्ट लागेको बताए ।
रुखमा करेन्ट लागेपश्चात भुइँमा लडेर घाइते भएका सन्दीपलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो। अस्पताल पुर्याएर उपचारका क्रममा उनको मृत्यु भएको हो ।









