नवलपरासी। नवलपरासीको रामग्राम नगरपालिका १२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ ।
बिहीबार बेलुकी ८ बजेको समयमा प्रहरीले गोली चलाएर ५२ वर्षीय राजेश लोनियालाई प्रक्राउ गरेको रहेको नवलपरासी प्रहरीले जनाएको छ । उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ।
Advertisement
त्यसपछि लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली लोनियाको घरमा पुगेर लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू प्रहरीमाथी आक्रमण प्रयास गरेका थिए । प्रहरीको पेस्तोल खोस्न थालेपछि प्रहरीले चार राउन्ड फायर गरेको र एउटा गोली मात्रै भागिरहेको लोनियालाई लागेको थियो। अर्का व्यक्ति भने फरार भएका छन्।
प्रहरीको गोली लागेर घाइते भएका लोनियालाई प्रहरीकै गाडीमा जिल्ला अस्पताल परासी पठाइएको छ। उनको अवस्था मध्यम रहेको डिएसपी बोहारले जानकारी दिए।
लोनियाको घरबाट ९३ पुरिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको छ ।









