बर्दिया । बह्रीया अर्थात निकै सुन्दर । यही सुन्दरता कारण पुर्खाहरुले तालको नाम बह्रैया राखे । १ सय १० विगहा क्षेत्रफलमा फैलिएको ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । संघीयता आएपछि तालको नामबाट पालिकाको नाम बढैयाताल गाउँपालिका राखिएको छ ।
बह्रीयालाई नेपाली भाषामा बढैया लेखिने गरिएउको छ । उक्त ताल बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ५ मा पर्दछ । कमलको फूलले ताल ढकमक्कै ढाकिएको छ । टेलुनीयाको फूल मगमगाउँछ । सेल्की, गेजरा, भँसेर लगायतका अनगिन्टी पानीमा पाईने जडीबुटी पाईन्छ । उक्त तालमा ३१ बढी प्रजातिका स्थानीय चराहरु पाईने स्थानीय बताउँछन् ।
Advertisement
मुलुककै दुर्लभ प्रजातीका चरा पनि यहाँ पाइन्छन् । साइबेरिया र भारतबाट पनि पहुनाका रुपमा चरा आउँछन् । यहाँ सरास, करेँकुरुङ, साईबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी पजातीका चरा देख्न पाईन्छन् । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातीका बकुला, लाल टाउके गरुड, करी सा“वरी, सिलसिले, खडखडे हाँस, विजुलागैरी, हरियो टाउके, सुईपुच्छे, सिम कुखुरा लगायत प्रजातीका चार हेर्न सकिन्छ ।
तालको संरक्षणमा रैथाने थारु समुदायको परम्परा जोडिएको छ । तालमा पस्नुअघि स्थानीयले कमलको फूल टिपेर शंकर र पार्वती (लगवालगीनीया) लाई चढाउँछन् । शकर र पार्वती बह्रैयातालमा नाग र नागिनको अवरणमा घुम्न आएको विश्वास गरिन्छ । मासिकश्राव भएका बेला महिलाहरु तालमा पस्न पाउँदैनन् ।
फोहोर गर्न निषेध गरिएको छ । सिनो फाल्न पाईदैन । मलामीहरुलाई तालमा नुहाउन पूर्णरुपमा रोक लगाइएको छ । मासिकश्राव भएका महिला तालमा पसे, मलामीले नुहाए निकै ठूलो अनिष्ट हुने जनविश्वास छ । सदियौँदेखिको प्राकृतिक रुपमा तालमा हालसम्म कोही पनि नडुबेको स्थानीय बताउँछन् ।
उक्त तालमा कछुवा, घाेंघी, साल, बोम्ली, टेग्नी, सिंगी, मँगुर, सेधुरी, खेस्टी लगायतका स्थानीय प्रजातीका माछाहरु पाउन सकिन्छ । प्रचारप्रसार अभावमा ओझेलमा रहेको यस क्षेत्रकै बढैयाताललाई सिमसार क्षेत्रकारुपमा विकास गर्न अन्र्तराष्ट्रिय पर्यापर्यटन बिशेषज्ञाहरुले चासो देखाउन थालेका छन् ।
स्वतन्त्र विश्व कोषका अनुसार पानीले राम्रोसित भिजेको ठाउँ, अत्याधिक आद्रता भएको जमीन, जहाँ पानीको सतह र जमीन करिबकरिब एउटै स्तरमा हुने र बोटबिरुवाको अस्तित्व रहेको, पानी नसुक्ने रसिलो जमीन क्षेत्रलाई सिमसारकारुपमा परिभाषित गरिएको छ । त्यस्तै नेपालको राष्ट्रिय सीमसार नीति २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र हो ।
त्यसमा धाप लगायतका नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एंव धानवाली समेत पर्छ । यि सबै दृष्टिकोणले बढैया ताल सीमसारका लागि उपयुक्त छ । गाउ“पालिकाले पनि ताललाई पर्यटकीय क्षेत्रका लागि पहल थालेको छ । तर केन्द्र सरकारको लगानिविना सम्भव छैन ।
स्थानीय सरकार आउनुअघि तत्कालिन जिल्ला विकास समिति बर्दियाले तालमा व्यवसायिक माछापालका लागि ठेक्का दिएपछि तालको अस्तित्व नै धरापमा परेको थियो । तर स्थानीय सरकारले ठेक्का रद्द गरी सीमािरको रुपमा विकास गर्न सुरु गरेको छ ।









