एसियाडको समापन समारोहमा एरिकाले नेपालको झण्डा बोक्ने

 

२१ असोज, हान्झाउ । एसियाडको १५ औं दिन शनिबार कुमुते ६८ केजीमाथी तौल समूहमा रजत जितेपछि एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन् । हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् ।

Advertisement

 

नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई झण्डा बोक्न दिने निर्णय गरेको हो । एरिकाले एसियाडअघि इन्डोनेसियामा भएको दशौं वर्ल्ड शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

करातेमा नेपालबाट ८ खेलाडी सहभागी भएकोमा एरिकाले मात्र पदक जितेकी हुन् । एसियाड अन्तिम दिन प्रतिस्पर्धा गरेकी करातेकी सविना श्रेष्ठ कुमुते ५० केजीमुनि तौल समूहमा अन्तिम ३२ मा चीनकी रानरान लिसँग ३-१ ले पराजित भइन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु