बाँके- नेपालगंज उपमहानगरपालिका-११ स्थित सडकमा भे.१० प४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा भे.१० प४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया राजापुर नगरपालिका-१० बस्ने २३ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमाउपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









