अवैध लागूऔषधसहित बर्दियाका एक युवासहित एकैदिन ९ जना पक्राउ

काठमाडौँ — बर्दियाका एक युवासहित देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ९ जनालाई एकैदिन पक्राउ गरेको छ । फरकफरक घट्नामा उनीहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दियो ।

 

Advertisement

कार्यालयका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका ११ का अर्जुन गुरूङ, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका ३ का सुरेन्द्र राई, गोरखा शहिद लखन गाउँपालिका १ का विवेक आले मगर, भरतपुर महानगरपालिका ३ बस्ने प्रशान्त गुरूङ, कैलाली गौरीगंगा नगरपालिका ११ बस्ने तुला राम चौधरी, ३१ वर्षीय श्रवण कुमार चौधरी, अजय चौधरी, विवश चौधरी र बर्दिया ठाकुरबाबा नगरपालिका–४, मैनवारका परिचय नखुलेका एक किशोर रहेका छन् । उनीहरू सबै जना युवा अवस्थाका रहेको प्रहरीले जनाएको छ ।

गुरूङलाई भीमदत्त नगरपालिका ११ बाट अवैध लागूऔषध खैरो हेरोइन२ ग्राम ८ सय ३० मिलिग्राम सहित इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा नियन्त्रण लिएको थियो।

Advertisement

राईलाई भने लागूऔषध खैरो हेरोइन १ ग्राम १ सय ३० मिलिग्राम सहित लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले लागूऔषध ट्रामाडोल ७ सय ६५ ट्याब्लेट, भोमिन ७ सय ९५ ट्याब्लेट सहित नगद ८ हजार ४ सय रूपैयाँसहित विवेक आले मगर र प्रशान्त गुरूङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले थप अनुसन्धानका क्रममा विवेकको कोठाबाट ट्रामाडोल १ हजार ७ सय २० ट्याब्लेट, भोमिन १ हजार ७ सय ३५ ट्याब्लेट र प्रोमेथ १२ ट्याब्लेट समेत फेला पारी बरामद गरेको छ ।  ईकान्तिपुर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु