नेपालगन्जबाट काठमाडौ जाँदै गरेको बस सेति दोभानमा दुर्घटना : २५ जना घाइते, दुईको अवस्था गम्भीर

 

चितवन —नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस सेती दोभानमा सडकबाट खोल्सीमा खसेर दुर्घटना भएको छ ।

Advertisement

नारायणगढ-मुग्लिन सडक खण्डको सेती दोभानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी २५ जना घाइते भएका छ्न । उनीहरूलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याइएको चितवन प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

उनका अनुसार बसमा ३० यात्रु थिए । दुर्घटनामा परेका सबैको उद्धार भइसकेको छ । पाँच जना यात्रु सकुशल छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

अन्यमध्ये १३ जनाको अवस्था सामान्य छ । घाइतेमध्ये १० महिला र १५ पुरुष छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु