केन्द्रीय पुस्तकालयः अब सातै दिन २४ घण्टा खुल्ने


 

काठमाडौं । गत शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठकले केन्द्रीय पुस्तकालयको –एनेक्स अध्ययन कक्ष पुस्तकालय कार्डको व्यवस्था गरी अध्ययनका लागि २४ सै घण्टा सातै दिन खुला गर्ने निर्णय गरेको छ ।

Advertisement

त्यसको साथै केन्द्रीय पुस्तकालय कार्यालय समय भन्दा अगाडि र पछाडि गरी थप ६ घण्टा बढी पुस्तकालय कार्ड अनिवार्य गरी अध्ययनको लागि खुला रहनेछ ।

त्रिविका नियमित विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारीहरुको हकमा नियमित कार्यालय समय जस्तै शनिबार (सार्वजनिक बिदाको दिन बाहेक) पनि पुस्तकालय अध्ययनका लागि खुला रहने छ ।

S

त्यस्ता दिन अध्ययन गर्न आउने पाठकहरुले अनिवार्य रुपमा परिचयपत्र ल्याुनपर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु