धनगढी । बाजुुराबाट अध्ययनका लागि धनगढीमा बसी कक्षा ७ मा अध्ययनरत १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।
Advertisement
प्रहरीका अनुसार धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।
प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।
किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहरालाई उढृत गर्दै अनलाई खबरले उल्लेद गरेको समाचार अनुसार किशोरीले शनिबार साँझ मात्र किटानी जाहेरी गरेकी हुन ।
किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए । पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।









