सुतली बम विस्फोट हुँदा बालक घाइते, थप दुई बम सेनाद्धारा निस्कृय

 

 

Advertisement

प्युठान । मल्लरानी गाउँपालिका वडा नम्वर ३ धरमपानीको बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बमको छर्रा बालकको दाहिने खुट्टाको पैतलामा लागेको छ । घाइते बालकलाई जिल्ला अस्पताल विजुवारमा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । बँदेल मार्नका लागि प्रयोग गरिएको सुतली बम जस्तो देखिने आलु आकारको थप दुई वटा बमलाई बर्द बहादुर गणको टोलीले डिस्पोज गरेको छ ।

प्रहरीले अनुसन्धानका लागि मल्लरानी गाउँपालिका(३ धरमपानी बस्ने ५८ वर्षीय मोहन बहादुर केसीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु