बढैयाताल २ बाट ब्राउन सुगरसहित बाँसगढीका युवा पक्राउ

बर्दिया,- बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बजार बस्ने सोही नगरपालिका-८ घर भएका २५ वर्षीय धर्म गज रोकायलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेगाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु