काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार दिउँसोबाट सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ पेश गर्ने कार्यसूची छ ।
यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
Advertisement
यस्तै, संसदका सहासचिव पद्म प्रसाद पाण्डेयले सुरक्षित कारोबार ९पहिलो संशोधन० २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।