जापान पठाई दिने भन्दै करोड बढी ठगी गरेको आरोपमा बैजनाथकी महिला पक्राउ

 

नेपालगन्ज — कामदार भिसामा जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १४ देखि १५ लाख रूपैयाँका दरले ठगी गरेको आरोपमा बाँके बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगर पक्राउ परेकी छन् ।

Advertisement

उनी वैदेशिक रोजगारीका लागि कामदार भिसामा जापान लैजाने भनी रकम असुलेको आरोप प्रहरीको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसारमगर पक्राउ परेकी मगरले जापान पठाइदिने भन्दै करिव१ करोड २३ लाख रूपैयाँ ठगीको आरोप छ ।

उनी ठगी गरेपछि फरार थिइन् । उनीविरुद्ध पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । लगत्तै मगरविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो । मगरविरुद्ध थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु