ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा एक घर नष्ट

भाद्र २१, २०८० सुनसरी — सुनसरीको धरान उपमहानगर–१५ बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार बिहान घरधनी सीता धितालको घरमा आगलागी भएको छ । आफन्त भेला भएर दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा घरमा आगलागी भएको हो ।

 

Advertisement

आगलागी भएपछि धरानका तीनवटा दमकल तत्काल आएर आगो निभाएका थिए । तर बाटो सानो भएपछि एकसाथ तीनवटै दमकल प्रयोग गर्न नसक्दा आगो निभाउन करिब डेढ घण्टा लागेको थियो ।

धिताल परिवारका अनुसार दराजमा राखेको करिब गरगहना, नगद, र अन्य महत्त्वपूर्ण सामानसहित लाखौंको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु