जुवा खेलेको आरोपमा बर्दिया र सुर्खेतका गरी १५ जना पक्राउ

 

बर्दिया— जिल्ला प्रहरी कार्यालय बर्दियाले बारबर्दिया नगरपालिका–९ स्थित एक घरमा जुवा खेल्दै गरेको आरोपमा एक लाख ८२ हजार ६ सय ७० रुपैयाँ नगदसहित बर्दिया र सुर्खेतका गरी १५ जनालाई पक्राउ गरेको छ । स्थानीय निराजन राजवंशीको घरबाट उनीहरुलाई बुधबार बिहान १ बजे पक्राउ गरेको स्थानीयले बताए ।

Advertisement

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजवंशी, नविन कुमार चौधरी, वडा नम्बर २ का रामप्रसाद चौधरी, राजापुर–८ का बसन्तकुमार शर्मा, राजापुर–७ का कमल गुरुङ र गुलरिया नगरपालिका–१ का आशुतोष चौधरी रहेका छन् ।
यस्तै गुलरिया–२ का रविन्द्र यादव, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का देवबहादुर शाही, चौकुने गाउँपालिकाका हरिशचन्द्र बुढा, मधुवन नगरपालिका–९ का नारायण क्षेत्री, गुलरिया–१ का चेतन खनाल, सोही ठाउँका आशुतोषकुमार यादव, गुलरिया–७ का श्याम शर्मा, वडा नम्बर ११ का दुर्जन राई र वडा नम्बर ७ का घनश्याम दवाडी रहेका छन्

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु