जिल्ला प्रहरी कार्यालय, बाँकेबाट २०८१ माघ महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण
१) अपराध अनुसन्धान / कारवाही
जम्मा १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
५८वटा पेण्डिङ मुद्दाहरु फर्छौट गरिएको ।
६१जना फरार अपराधी पक्राउ गरीएको, जसबाट २५ बर्ष ९ महिना २१ दिन कैद रु.२०,०६,७२७।-जरिवाना असूलउपर गरिएको ।
ठाडो उजुरी३९४वटा प्राप्त भएको३८७फर्छौट भएकोर७वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको ।
लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ५४ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १९० ट्याब्लेटलागू औषध सहित ३४ जना ओसारपसारकर्ताहरुलाइ कानूनी दायरामा ल्याईएको ।
हराएका ६ वटा मोटरसाईकल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको ।
हराएका ९ थान (IPhone, Android) मोबाईल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको ।
नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जना पक्राउ ।
बिवाहमा युवकलाई कर्तब्य गरि मार्ने ६ जना पक्राउगरि कानूनी प्रक्रिया अगाडी बढाईएको ।
ईरसाद कवडियालाई खुकुरी प्रहार गरि कर्तब्य गर्ने २ जना मानिस पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाईएको ।
बैदेशिक रोजगारमा जापान पठाईदिन्छु भनी १ करोड २३ लाख रकम ठगी गर्ने ब्यक्ती पक्राउ ।
सवारी दुर्घटना गरि फरार भएका मानिस पक्राउ गरि कानूनी प्रक्रिया अगाडी बढाईएको ।
Advertisement
२)अपराध नियन्त्रण/ कारवाही
रु.१४,४३,१९६।– बराबरको अबैधभन्सार छलिको सामानपक्राउ गरी सम्बन्धित निकाय पठाईएको ।
ट्राफिक कारवाही तर्फ३२९७ वटा सावरी साधनलाई कारवाही गरी रु.२५,४५,०००।- राजस्व संकलन भएको ।
अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने १वटा ट्याक्टरनियनत्रणमा लिई सम्बन्धित निकायमा पठाईएकोमा रु.५,०००।– जरिवाना भएको।
३) महिला बालबालिका संग सम्बन्धित अपराध अनुसन्धान/कारवाही
१० वटा मुद्दा दर्ता भएकोमा ९जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।
घरेलु हिंसा सम्बन्धि४० वटा उजुरी प्राप्त भएकोमा ३३वटा फर्छौट भएको बाँकी अनुसन्धान कारवाही प्रक्रियामा रहेको ।
सामाजिक हिंसा सम्बन्धि २२ वटा उजुरी प्राप्त भएकोमा २१ वटा मिलापत्र गरिएको बाँकि प्रक्रियामा रहेको ।
हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धमा ५५ वटा निबेदन प्राप्त भएकोमा २६ जना फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको ।
सिमानाकाबाट ११६ जना महिला, बालबालिका तथा जेष्ठनागरिकहरुलाई उद्धार गरिएको ।
अलपत्र अवस्थामा ५६ जनालाई फेला पारी ५१ जनालाई संरक्षणको लागि संस्थामा पठाईएको ।









