बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार सामुदायिक वनमा निस्केका गैंडाका माउ मृत भेटीको दुई दिनपछि गैंडा र बच्चा (मृत) भेटिएको छ ।
पोथी गैंडा बिहिवार रात मृत फेला परेको थियो भने केटा हराएको थियो । निकुञ्जका अनुसार करिब एक वर्ष उमेरको गैंडाको केटा बाघको आक्रमणमा मारिएको शंका गरिएको छ ।
Advertisement
निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा बाघको आक्रमणमा केटा मारिएको हुन सक्ने निकुन्जले जनाएको छ ।
पोथी गैंडा मारिएको भेटिएपछि हात्तीसहित निकुञ्ज कर्मचारी र सेनाको टोली केटा खोज्न परिचालित भएको थियो । टोलीले केटा मारिएको अवस्थामा आइतबार फेला पारेको हो ।
पछिल्लो गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैंडा छ । गैंडाको बासस्थान कर्णाली नदी तटीय क्षेत्र,बबई उपत्यका र खाता जैविक मार्ग हो ।









