मानपुर टपरा हत्या घटनाका फरार आरोपी २० वर्षपछि पक्राउ

 

 

Advertisement

बर्दिया — प्रहरीले २० वर्षअघिको एक हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले नवलपरासी कावासोती नगरपालिका–१५ का ७८ वर्षीय कुम्भनारायण महतो थारु र सोही ठाउँका ४५ वर्षीय राजु थारु भन्ने राम नारायण महतोलाई पक्राउ गरेको हो ।

२०६० जेठ १५ मा साबिक मानपुर टपरा गाविस–७ सडवा गाउँ हाल राजापुर नगरपालिका–८ का बाँधुराम थारु भन्ने बन्धु थारुको घाँटी रेटी हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी ऋषिराम घर्तीमगरले बन्धु-हत्याको अभियोगमा दुई जनालाई नवलपरासीबाट पक्राउ गरिएको बताए । पक्राउ परेका दुवै जनामाथि प्रहरीले बर्दिया अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु