लागुऔषध ओसारपसारको हब बाँकेमा प्रहरीको बिशेष अभियान

 

नेपालगन्ज। लागुऔषध ओसारपसारको हब बनिसकेको नेपालगन्ज नाकामा बाँके प्रहरीले सुरक्षामा कडाई गरेपछि ३४ जना कारोबारी पक्राउ परेका छन् ।

Advertisement

प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले योजनाबद्ध रूपमा विशेष अभियान चलाएको दाबी गरेको छ ।

खुला सीमाका कारण लागुऔषध कारोबार बढेको हो । प्रहरीले बिहिबार सार्वजनिक गरेको विवरण अनुसार गत माघ महिनामा मात्रै ५४ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १९० ट्याब्लेट लागुऔषध बरामद भएको छ । प्रहरीले लागुऔषधमा पनि ब्राउन सुगर ओसारपसार र सेवन ठुलो समस्याका रूपमा रहेको जनाएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा लागुऔषधका मात्रै १७७ मुद्दा दर्ता भएको थियो । ९२५ ग्राम ८१५ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । सो क्रममा २६४ जनालाई पक्राउ गरिएको थियो ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा युवापुस्ता लागुऔषधको उच्च जोखिममा रहेको पाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु