Advertisement
पाल्पा — रामपुर नगरपालिका–१०, गेझा टोक्सेमा सडक मर्मतको क्रममा पहिरो खस्दा एक्स्काभेटरसहित पुरिँदा चालक शान्तिनगर गाउँपालिका–१, दाङका ३० वर्षीय धनबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गेझाको मिलन चौतारीदेखि टोक्से जाने पुरानो मोटरबाटो मर्मत गर्ने क्रममा सडकमाथिबाट खसेको पहिरोले बा २ ख १९५७ नम्बरको एक्स्काभेटरसहित चालक खड्कालाई पुरेको प्रहरीले जनाएको छ ।









