आगँनमा खेलिरहेका बालकको चितुवाले लियो ज्यान

गुलरिया । बर्दिया मधुवन नगरपालिका–९ भाटचोक नजिकै

घरको आँगनमा खेलिरहेका साढे दुई वर्सिय बालकको चितुले आक्रमण गर्दा मृत्यु भएको छ ।

Advertisement

आगँनमा खेलिरहेका बालक

बेपत्ता भएपछि खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो ।

बर्दिया प्रहरीका अनुसार नेपाल-भारत सिमा कटरनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको शंका गरिएको छ । सानीआमा जमुना कँडेलको घरमा पाहुना आएकी राप्ती सोनारी गाउँपालिका-५ का रचना चलाउनेका छोरा रिहानको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।

बालकको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु