भाद्र २१, २०८० देउखुरी — लुम्बिनी प्रदेशसभाको बिहीबार बसेको २४औं बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेस गरेका छन् । ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ को प्रतिवेदन पेस भएको हो।
समितिले यसअघि भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको उपसमितिले विज्ञसहित अन्य क्षेत्रका व्यक्तिबाट सुझाव मागेको थियो । सुझावको आधारमा प्रतिवेदन तयार गरिएको हो ।
Advertisement
प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार सभामा पेस भएको प्रतिवेदनमाथि २४ घण्टापछि बस्ने अर्को बैठकले विधेयक पास गर्न सक्नेछ । संसद्मा छलफल भएर विधेयक पास गरिनेछ ।









