गुलरिया — पाँच दिनअघि बर्दियामा एक हात्तीको मृत्यु भएको खबरपछि बुधबार ठाकुरबाबा नगरपालिका–३ झरसलुवा सामूदायिक वन र बडका सामूदायिक वनको सिमानामा फेरि एक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ।
Advertisement
दुई वटै हात्तीको मृत्युु रहस्यमय रहेको बताईएको छ ।
डिभिजन वन कार्यालयका अनुसार करिब ३०/३५ वर्षीय भाले हात्ती मृत अवस्थामा फेला परेको हो ।
अहिले उक्त हात्तीको पोष्टमार्टम भइरहेको छ । यसअघि पाँच दिनअघि मात्रै पनि ठाकुरबाबा–४ खैलारको मसुरो बारीमा शनिबार बिहान एक वयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको थियो ।









