बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले एक साताअघि ठाकुरबाबा नगरपालिकाको आम्बासा नजिकबाट डार्ट गरी नियन्त्रणमा लिइएको बाघलाई निकुञ्ज कोरिडोरमा छोडेको छ ।
Advertisement
स्थानीयलाई आक्रमण गरी मार्ने, घाइते बनाउने र गाउँबस्तीमा पसेर चौपाया मारेर खाने गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुन्ज प्रशासनले बघ नियन्त्रणमा लिएको थियो ।
उक्त बाघ केही दिन निकुञ्जको खोरमा राखिएको थियो । बर्दिया निकुन्जमा हाल १२५ वटा बाघ रहेका छन् ।









